मुलुकको आर्थिक सूचकांक सकारात्मक हुँदा पनि मानसिकता नकारात्मक भयाे : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको आर्थिक, सामाजिक सबै सूचकांक सकारात्मक हुँदाहुँदै पनि मानसिकता नकारात्मक भएको बताएका छन् । बुधबार संविधान दिवसको पूर्वसन्ध्यामा पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै महासचिव पोखरेलले कानुन र संरचनाहरूको सुधारको माध्यमबाट मुलुकको आर्थिक अवस्था उकास्ने काम सरकारले गरिरहेको बताए । उनले भने, ‘जब नेकपा (एमाले) सरकारमा आइपुग्यो…