काठमाडौं । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर राजनीतिक सरगर्मी चुलिएको छ । नयाँ मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध सात दलका नेता तथा कार्यकर्ताहरूले मुख्यमन्त्री कार्यालयमा तोडफोड गर्दै विरोध प्रदर्शन गरेका छन् । बिहानैदेखि आन्दोलनकारीहरू मुख्यमन्त्री कार्यालयअगाडि भेला भएर नवनियुक्त मुख्यमन्त्री यादवविरुद्ध चर्को नाराबाजी गरेका थिए । उनीहरूले मुख्यमन्त्रीको आगमनमा अवरोध पुर्याउने प्रयास गरेका छन् ।…