काठमाडौं । आन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध राजावादी र नेपाली सेनाको प्रतिनिधि आवाज खनिन सुरु भएको छ । यही संविधानमा टेकेर प्रधानमन्त्री बनेकी कार्कीको नियुक्ति नै गैरसंवैधानिक भएको उनीहरुको भनाइ छ । जेन–जी आन्दोलनमा भएको धनजनको क्षतिको जिम्मा प्रधानमन्त्री कार्कीले लिनुपर्ने उनीहरुले दाबी गरेका छन् । राजसंस्था पुनस्स्थापनाका लागि भन्दै बनाइएको संयुक्त जनआन्दोलन समितिका प्रवक्ता…