काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा आज निजी विद्यालय र छात्रवृत्तिको विषयलाई लिएर चर्काचर्की भएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठबीच भनाभन भएको हाे । बैठकमा सांसद श्रेष्ठले गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिसँगै आवासको व्यवस्था गर्नुपर्ने धारणा राखेकी थिइन् ।…