काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा ‘जलस्रोत विधेयक, २०८१’सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस भएको छ । विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले सो प्रतिवेदन सभामा पेस गरेका हुन् । जलस्रोतको संरक्षण र बहुआयामिक प्रयोगका सम्बन्धमा सो विधेयकमा व्यवस्था गरिएको छ । यस्तै, बैठकमा कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले ‘महालेखा परीक्षकको ६२औंँ वार्षिक प्रतिवेदन’सभा…