झलनाथ-घनश्याम पक्षका नेताको बेग्लै भेला बानेश्वरमा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसालनिकट नेताहरूले छुट्टै भेला शान्तिगरस्थित बानेश्वर क्याम्पसमा गरेका छन् । अध्यक्ष माधवकुमार नेपालको कार्यशैली निरंकूश भएको र नेपालको पक्षमा नलागेका नेता, कार्यकर्ता जिम्मेवारीविहीन हुने, भएको जिम्मेवारी पनि खोसिनेजस्ता घटना बढेपछि उक्त भेलाको आयोजना गरिएको सहभागी एक नेताले बताए । गत साता तोकिएको…