काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको सेवा गरेर बस्न सल्लाह दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्रोह गरेर नयाँ पार्टी बनाइसकेपछि अहिले विद्रोह गरेको औचित्य नरहने भन्न नमिल्ने बताए । उनले पार्टीको हित र पक्षमा मात्रै प्रचारप्रसार…