काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा राजतन्त्र ढालेर गणतन्त्र स्थापना गर्नमा पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । जय नेपाल फाउन्डेसनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गिरिजाप्रसाद कोइरालाले आँट नगरेको भए सम्भव पनि नहुने सुनाए । कोइरालाको जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले कोइरालासँगको रोचक किस्सा पनि सुनाए ।…