काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्। उनले प्रधानमन्त्रीबाट नागरिकलाई उत्तेजित बनाउने किसिमका अभिव्यक्तिहरू आउनु आपत्तिजनक भन्दै चेतावनी दिएका हुन्। थापाले सोमबार पार्टी पदाधिकारीहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै भने, “प्रधानमन्त्रीको अभिव्यक्ति कल्पना गर्नै नसकिने खालको छ, यस्ता कुराहरू दोहोरिनु हुँदैन।” प्रधानमन्त्री ओलीले जेठ १५ मा…