भदौ १० गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, बढीमा १५ प्रश्न समावेश हुने

काठमाडौँ । प्रतिनिधि सभाको भदौ १० गते बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ। सभामुख डोलप्रसाद अर्यालले सोमबारको बैठकमा प्रतिनिधि सभा नियमावली, २०८३ को परिच्छेद-९ अनुसार उक्त दिन प्रश्नोत्तरको समय निर्धारण गरिएको जानकारी दिएका हुन्। प्रश्नोत्तर कार्यक्रममा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट कम्तीमा एक सांसदको प्रश्न समावेश गरिनेछ।…