कार्यकर्तासँग भेटघाट गर्न कसैको अनुमति लिनु पर्दैन : पूर्वराष्ट्रपति भण्डारी

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति हुनुभन्दा पहिला एमाले भएकाले कार्यकर्ताहरूसँग भेटघाट गर्न कसैको अनुमति लिइरहनु नपर्ने बताएकी छन् । मंगलवार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले एमालेका धेरै नेता तथा कार्यकर्तासँग सम्पर्क भएकाले भेटघाट गरिरहेको बताइन् । उनले आफूले संगठित सदस्यता नलिँदैदेखि नै काम गरेको पार्टी एमाले भएकाले यसका कार्यक्रमहरू सहभागी हुन कसैसँग अनुमति…