काठमाडौं । सरकारले हालै ल्याएको अध्यादेशविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीले संसद्मा अस्वीकारको सूचना प्रस्ताव गर्ने भएकाे छ । बुधबार पार्टी कार्यालय वनस्थलीमा बसेको रास्वपा संसदीय दलकाे बैठकले सरकारले संसद्लाई छलेर अध्यादेश ल्याएको भन्दै अस्वीकारको सूचना प्रस्ताव गर्ने निर्णय गरेको हो । बैठकले रास्वपा संसदीय दलका नेता रवि लामिछानेविरुद्ध सरकारले राजनीतिक प्रतिशोधका आधारमा सम्पत्ति शुद्धीकरणको समेत मुद्दा…