निर्वाचन आयोगले गर्‍यो निर्वाचनसम्बन्धी सबै इकाइ बन्द

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य चिुनाव २०८२ का लागि स्थापना गरिएका विभिन्न निर्वाचनसम्बन्धी विशेष इकाइ तथा समन्वय केन्द्रहरू बन्द गरेको जनाएको छ । आयोगका प्रवक्ता नारायण भट्टराईले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार मतदान तथा मतगणनाको कार्य सम्पन्न भइसकेपछि आयोगको २६ फागुन २०८२ को निर्णय अनुसार २७ फागुनदेखि लागू हुनेगरी ती इकाइहरू बन्द गरिएको…