जेनजीले प्रदर्शन गरेपछि बारामा कर्फ्यु आदेश जारी

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतको विरोधमा जेनजीले प्रदर्शन गरेपछि बारामा कर्फ्यु आदेश जारी गरिएको छ । एमालेका कार्यकर्ताहरुसँग झडप भएपछि आक्रोशित समूहले बाराको सिमरा विमानस्थलको मुख्य प्रवेशद्वारमा रहेको फलामको गेट फुटाएका छन् । बाराको परवानीपुरमा आज आयोजित युवा संघको कार्यक्रममा सहभागी हुन नेकपा एमालेका महासचिव शंकर पोखरेल, महेश बस्नेतसहितको टोली बारा जाँदै छ…