काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ठूलो आर्थिक चलखेल भइरहेको आरोप लगाएका छन् । शुक्रबार पार्टी सम्वद्ध रोल्पा काठमाडौं सम्पर्क समन्वय समितिद्वारा चन्द्रागिरीमा गरेको कार्यक्रममा पुनले सरकार स्वार्थ समूहले अगाडि सारेका व्यक्तिलाई गभर्नर नियुक्ति गर्न अग्रसर रहेको दाबी गरे । यसअघि विभिन्न नियामक निकायमा स्वार्थ समूह…