काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रले २०६४ सालमा आतंक र डर सिर्जना गरेर चुनाव जितेको आरोप लगाउँदै अब त्यसरी ठूलो बन्न नसक्ने दाबी गरेका छन्। एमालेद्वारा आयोजित बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले माओवादीको त्यतिबेलाको जित लडाकू क्याम्प, मार्चपास र जनतामा त्रास फैलाउने रणनीतिको परिणाम भएको बताए।…