काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई राजनीतिक स्वार्थ पूरा गर्न, असहिष्णुता फैलाउन वा अराजक तथा आपराधिक गतिविधिमा प्रयोग गर्न नहुने बताएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै गृहमन्त्री लेखकले तीनकुने घटनामा भएको आगजनी र हिंसा आपराधिक कार्य भएको स्पष्ट पारे। उनले त्यसलाई धर्म वा आस्थासँग जोडेर हेर्न नमिल्ने बताए। ‘धर्म व्यक्तिको आस्था र विश्वास…