काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिजोको प्रदर्शनमा फोहोर गरेबापत काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरीवाना बुझाएको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महानगरको खातामा एक लाख रुपैयाँ आज दाखिला गरेको जानकारी दिएका हुन् । पूर्वराजा ज्ञानेन्द्र शालाई स्वागत गर्न राप्रपालगायत राजावादी शक्तिहरूले हिजो काठमाडौंमा प्रदर्शन गरेका थिए ।…