अध्यादेशका पक्षमा उभिन सांसदहरूलाई कांग्रेसको ह्विप

काठमाडौं । नेपाली कांग्रेसले अध्यादेशका पक्षमा उभिन आफ्ना सांसदहरूलाई ह्विप लगाएको छ । बुधबार बस्ने प्रतिनिधि सभा बैठकमा सरकारले विभिन्न अध्यादेशहरू निर्णयार्थ पेस गर्ने तयारी गरेपछि कांग्रेसले आफ्ना सांसदहरूलाई प्रतिनिधि सभा बैठकमा अनिवार्य रूपमा उपस्थित हुन भनेको हो । सत्तारूढ दल कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सांसदहरूलाई मंगलबार एसएमएस गरेर अध्यादेशका पक्षमा उभिन ह्विप लगाएका…