‘नेपालको राजसंस्थासँग संवैधानिक हुने चरित्र नै छैन’ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपालको राजसंस्था संवैधानिक भएर बस्ने चरित्रको नभएको टिप्पणी गरेका छन् । दाङमा आइतबार भएको एक कार्यक्रममा बोल्ने क्रममा महामन्त्री थापाले राजसंस्था भएका अन्य मुलुकको जस्तो चरित्र नेपालको राजसंस्थाले देखाउन नसकेको बताएका हुन् । ‘यो बेलायतको राजसंस्था जस्तो होइन,’ महामन्त्री थापाले भने,‘ निर्मल निवासमा बस्दा त यत्रो उत्पात मच्चाइएको…