बाँके । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पूर्वराजा ज्ञानेन्द्र शाहले दुर्गा प्रसाईंलाई 'जनकमान्डर' तोकेपछि हिंसा, आगजनी र लुटपाट भएको टिप्पणी गरेका छन् । बाँकेमा बुधबार आयोजित अखिल नेपाल महिला संघ क्रान्तिकारीको लुम्बिनी प्रदेशको दोस्रो सम्मेलन उद्घाटन गर्दै प्रचण्डले राजसंस्था पुनर्स्थापनाका लागि भन्दै चैत १५ गते तीनकुने क्षेत्रमा भएको तोडफोड, आगजनी र…