विराटनगर । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीबारे प्रश्न गर्ने नेता कार्यकर्तामाथि कारबाही गर्ने क्रमलाई तीव्रता दिइएको छ । यसको पछिल्लो संस्करण उदयपुरका पुर्वउपाध्यक्ष तथा पूर्व प्रदेश सांसद विमल कार्की हुन् । अध्यक्ष ओलीको नाममा प्रश्न उठाएपछि कार्कीलाई ६ महिनाका लागि पार्टीको सबै जिम्मेवारीबाट मुक्त गरिएको छ । व्यवसायी मीनबहादुर गुरुङसँग पार्टी कार्यालय बनाउन…