काठमाडौं । पूर्वउपप्रधानमन्त्री भीम रावलले पार्टीबाट निष्काशनपछि गरेका प्रतिक्रियाले नेकपा एमालेको आन्तरिक विवादलाई पुनः सतहमा ल्याएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ७४ बुँदामा प्रश्न सोध्दै रावलले आफूलाई सोधिएको स्पष्टीकरणलाई पूर्वाग्रहपूर्ण र प्रतिशोधमुखी भएको बताएका छन् । रावलले पार्टीको आन्तरिक प्रक्रियाबारे प्रश्न उठाउँदै, कुनै पनि सदस्यलाई कारबाही अघि संवाद र छलफल गर्नुपर्ने…