गठबन्धनलाई हराउँदै पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादीकी बुढा निर्वाचित

रुकुमपूर्व । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा पदमा आइतबार भएको उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नरपुरा बुढा निर्वाचित भएकी छन् । निर्वाचन आयोगले माओवादी केन्द्रका उम्मेदवार बुढाले तीन हजार ६२७ मत प्राप्त गरी निर्वाचित भएको जानकारी दिएकाे छ । यसैगरी, उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका केशकुमारी तुलाचनले दुई हजार १२८ मत प्राप्त गरेकी छन् । तुलाचन…