कांग्रेसलाई रविको प्रश्न- प्रधानमन्त्री स्वीकार्ने अफर डेट एक्सपायर भयो कि बाँकी छ ?

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको र त्यो अस्वीकार गरेपछि सहकारीको मुद्दा चर्काएको आरोप लगाएका छन् । उनले कांग्रेसलाई आफुलाई गरेको प्रधानमन्त्रीको अफर अझै छ की छैन भन्दै कांग्रेस सभापति शेरबहादुर देउवासँग जवाफ मागेका छन् ।  आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बाेल्दै उनले भने, ‘म गृहमन्त्री बन्न नैतिकरुपमा…