काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै देशव्यापी हस्ताक्षर संकलन अभियान चलाएको एक समूहले नेता डा. शेखर कोइरालालाई भेटेर महाधिवेशनको नेतृत्व लिन आग्रह गरेको छ । भेटमा सहभागी नेता मनोजमणि आचार्यका अनुसार, उनीहरूले कोइरालासँग विशेष महाधिवेशनको वातावरण बनाउन नेतृत्व लिन आग्रह गरेका हुन् । सोमबार बिहान विशाल नगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा पुगेको ‘डेलिगेट्स’ समूहले…