म्यानमारमा बौद्ध उत्सवमा बम हमला, २४ जनाको मृत्यु

यङ्गुन । मध्य म्यानमारमा धार्मिक उत्सव र प्रदर्शनको क्रममा बम हमलामा कम्तीमा २४ जनाको मृत्यु भएको छ । यस घटनामा अरू ४७ जना घाइते भएका छन् । बौद्ध उत्सवका क्रममा प्याराग्लाइडरबाट मानिसहरूको समूहमाथि सेनाले दुई वटा बम खसालेको थियो । म्यानमारको सैन्य सरकारको विरोधमा प्रदर्शन भएपछि सेनाले सोमबार साँझ सो उत्सवमा आक्रमण गरेको बताइएको छ…