काठमाडौं । पाकिस्तानी सेनाले बलुचिस्तान प्रान्तमा रेल अपहरणपछि सुरक्षा बलको अभियान समाप्त भएको जनाएको छ । सशस्त्र लडाकूहरूले कब्जामा लिएको एक यात्रुवाहक रेलमा बन्धक बनाइएकामध्ये कम्तीमा तीन सय जना मुक्त भएका र उनीहरूको उद्धारका लागि सञ्चालित कारबाही सम्पन्न भएको पाकिस्तानी सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । पाकिस्तानी सेनाका प्रवक्ताले सुरक्षा कारबाहीमा कम्तीमा ३३ जना…