काठमाडौं । क्याथोलिक ईसाई धर्मगुरु पोप लियोले भ्याटिकन सिटीबाट पहिलो पटक मानिसहरूलाई सम्बोधन गरेका छन् । आफ्नो पहिलो सम्बोधनमा उहाँले विश्वका शक्तिशाली देशहरूलाई अब युद्ध नगर्न अपील गरेकाे बीबीसीले जनाएको छ । सम्बोधनका क्रममा पाेप लियाेले युक्रेनमा शान्ति र गाजामा युद्धविरामको बारेमा चर्चा गरे । उनले गाजामा भइरहेका घटनाहरूबाट आफूलाई गहिरो दुःख लागेको बताए ।…