सिउल । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन् । बीबीसीका अनुसार उनलाई त्यहाँको प्रहरीले राजधानी सउलस्थित निवासबाट बुधबार बिहान पक्राउ गरेको हो । युनका समर्थकले पक्राउ गर्न गएका सुरक्षाकर्मीमाथि अवरोध गरेका थिए । ठूलो संख्यामा रहेका युन समर्थकले उनको निवास अगाडि ब्यारिकेड राखेर अवरोध गरेको समाचारमा जनाइएको छ । उनीमाथि भ्रष्टाचार…