काठमाडौं । पोल्यान्डकाे सबैभन्दा ठूलो नदी विस्टुला सुक्ने अवस्थामा पुगेको छ । जलवायु परिवर्तनका कारण देखिएको खडेरी र चर्को गर्मीका कारण नदी सुक्ने अवस्थामा पुगेको समाचार संस्था रोयटर्सले जनाएको छ । राजधानी वार्सासहित वरपरका क्षेत्रमा नदीमा बालुवा मात्रै देखिन थालेको छ । युरोपेली सङ्घको जलवायु परिवर्तन अनुगमन सेवाका अनुसार उत्तरी गोलार्धमा यसपटक गर्मीले रेकर्ड तोड्दा…