तेहरान । इरानको संसद् मजलिसले स्ट्रेट अफ हर्मुज भएर आवत–जावत गर्ने जहाजहरूबाट शुल्क उठाउने सम्बन्धी विधेयक तयार पारिरहेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार संसद्को निर्माण समितिका प्रमुखले उक्त प्रस्तावको मस्यौदा तयार भइसकेको तर अझै पूर्ण विधेयकका रूपमा अगाडि नबढेको बताएका छन् । उनका अनुसार यसको उद्देश्य मार्ग प्रयोग गर्ने जहाजहरूको सुरक्षा सुनिश्चित गर्नु हो ।…