अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र

सिड्नी । च्याटजिपीटीको निर्माता ओपनएआई तथा अस्ट्रेलियाली डाटा सेन्टर अपरेटर नेक्स्टडीसीबिच सिड्नीमा अर्बौ डलरको कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्र विकास गर्ने सम्झौता सम्पन्न भएको छ । ब्रिस्बेनमा मुख्यालय रहेको नेक्स्टडीसीले शुक्रबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार दुवै कम्पनीबिच एआई क्याम्पस तथा जिपियु ‘सुपरक्लस्टर’ निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार यी कम्पनीले पश्चिमी सिड्नीमा अत्याधुनिक…