तान्जानियामा निर्वाचनपछिको हिंसामा ७०० भन्दा बढीको मृत्यु

काठमाडौं । तान्जानियामा विवादित आम निर्वाचनपछि भड्किएको हिंसामा ७०० भन्दा बढी मानिसको मृत्यु भएको दाबी गरिएको छ । विपक्षी दल ‘चडेमा’ले शुक्रबार देशव्यापी रूपमा भएका झडपहरूमा सयौं मानिस मारिएको बताएको छ । संयुक्त राष्ट्रसंघले विश्वसनीय स्रोतहरूलाई उद्धृत गर्दै दशजनाको मृत्युको पुष्टि गरेको छ । चडेमाका प्रवक्ता जोन किटोकाले बताएअनुसार दार–एस–सलाममा मात्रै करिब ३५० र म्वान्जा…