दोहा शिखर सम्मेलनमा कतारमाथि इजरायली आक्रमणको कडा विरोध

काठमाडौं । दोहामा हिजो बसेको आपतकालीन अरब–इस्लामिक शिखर सम्मेलनले कतारमाथि इजरायलले गरेको आक्रमणलाई कायरता र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भन्दै कडा रूपमा भर्त्सना गरेको छ । गल्फ सहयोग परिषद् जिसीसीले आफ्ना सदस्य देशहरूमाथिको हमला सामूहिक सुरक्षा उल्लंघन मानिने भन्दै संयुक्त रक्षा संयन्त्र सक्रिय गर्ने निर्णय गरेको अलजजिराले जनाएको छ । कतारी अमिर शेख तमीम बिन हमाद…