काठामाडौं । पाकिस्तानले काबुलसहित अफगानिस्तानका प्रमुख सहरमा शुक्रबार बमबारी गरेको छ । महिनौँदेखिको प्रतिशोधात्मक झडपपछि इस्लामाबादका रक्षामन्त्रीले छिमेकीबीच ‘खुला युद्ध’ सुरु भएको घोषणा गरेका छन् । पाकिस्तानले अफगान राजधानी काबुल, तालिबान अधिकारीको दक्षिणी शक्तिकेन्द्र कान्दाहारमा हवाई आक्रमण गरेको छ । यी दुई छिमेकीबीचको सम्बन्ध हालैका महिनामा निकै चिसिएको छ । गएको अक्टोबरमा दुवै पक्षका ७०…