अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण, १८ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको सेनाले आइतबार बिहान अफगानिस्तानका सीमावर्ती क्षेत्रहरूमा हवाई आक्रमण गरेको छ । समाचार संस्था अल जजिराका अनुसार पाकिस्तानी सेनाले तहरिक–ए–तालिबान पाकिस्तान (टीपीपी) र इस्लामिक स्टेटसँग जोडिएका सातवटा क्याम्पलाई निसाना बनाएको छ । पाकिस्तान सरकारले यसलाई हालै भएका आत्मघाती हमलापछिको जवाफी आक्रमण भनेको छ । सूचना तथा प्रसारण मन्त्रालयले यो ‘इन्टेलिजेन्स–आधारित अपरेसन’ भएको जनाएको…