इजरायलले गाजामा नरसंहार गर्‍याे : राष्ट्रसङ्घीय अनुसन्धान आयोग

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको अनुसन्धान आयोगले इजरायलले गाजामा प्यालेस्टिनीहरूविरुद्ध नरसंहार गरेको बताएको छ । सन् २०२३ मा प्यालेस्टिनी विद्रोही समूह हमाससँगको युद्ध शुरू भएदेखि नै इजरायलले नरसंहार गरेको प्रतिवेदनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । प्रतिवेदनअनुसार अन्तर्राष्ट्रिय कानून अन्तर्गत परिभाषित ५ नरसंहार कार्यमध्ये ४ इजरायलले गरिरहेको छ । यसमा हमास समूहका सदस्यहरूलाई मार्ने, उनीहरूलाई गम्भीर…