बेइजिङ । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेयर लेयेनले बिहीबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग युरोपेली युनियन (इयु) र चीनबीचको ‘असन्तुलन र मतभेदहरू’ लाई सम्बोधन गर्नुपर्ने बताएकी छन् । बेइजिङमा उच्चस्तरीय शिखर सम्मेलनमा उनले भनिन्, “चीन इयुको सबैभन्दा महत्त्वपूर्ण साझेदार हो तर दुवै पक्षबीचको स्पष्ट असन्तुलन र मतभेदलाई हामीले सम्बोधन गर्नुपर्छ ।” चार वर्षभन्दा लामो समयमा…