मेड्रिड । चीन र संयुक्त राज्य अमेरिकाले सोमबार मेड्रिडमा व्यापार वार्ता पुनः सुरु गरेका छन् । दुवै देशबिच व्यापार र प्रविधिमा चर्किएको विवाद कम गर्नु वार्ताको उद्देश्य रहेको छ । विवादले दुई ठूला अर्थतन्त्रका सम्बन्धलाई तनावपूर्ण बनाएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङको नेतृत्वमा प्रतिनिधिमण्डलले वार्ताको नयाँ चरण सुरु गरेको…