बगदाद । इराक सरकारले अमेरिकी सेना देशको सङ्घीय क्षेत्रभित्र रहेका सबै सैन्य अड्डाबाट पूर्ण रूपमा फिर्ता भइसकेको बताएको छ । यो निर्णय अर्धस्वायत्त कुर्दिस्तान क्षेत्रमा भने लागू हुँदैन । यहाँ अमेरिकी सेना अझै तैनाथ छ । इराकको रक्षा मन्त्रालयका अनुसार पश्चिमी अनबार प्रान्तमा रहेको अल–असद एयर बेसबाट अन्तिम अमेरिकी सैनिक सल्लाहकार समूह पनि बाहिरिएको छ…