फ्रान्स र नेटोका युरोपियन सदस्यले ग्रिनल्यान्डमा सेना पठाउने

काठमाडौं । अमेरिकाले ग्रिनल्यान्ड कब्जा गर्ने बताएपछि फ्रान्स र नेटोका युरोपियन देशहरूले ग्रिनल्यान्डमा सैन्य अभ्यासका लागि सेना पठाउने भएका छन् । डेनमार्क र ग्रिनल्यान्डका प्रतिनिधिहरूले अमेरिकासँग आफूहरूको व्यापक मतभेद रहेको बताएको एक दिनपछि यो घटनाक्रम सार्वजनिक भएको हो । अमेरिकाले डेनमार्कको उक्त स्वायत्त क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले…