युक्रेनमा आक्रमण जारी राख्न रुसी राष्ट्रपति पुटिनको आदेश

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको लिसेचान्स्क सहर कब्जा गरेपछि आफ्ना रक्षामन्त्रीलाई युक्रेनमा आक्रमण जारी राख्न आदेश दिएका छन्। पुटिनलाई रुसी टेलिभिजनमा 'पहिले नै स्वीकृत योजना' अनुसार आफ्ना लक्ष्य पछ्याउन अन्य मोर्चामा पनि अघि बढ्न आह्वान गर्दै गरेको देखाइएको थियो। लिसेचान्स्कमा कब्जा गर्नुको अर्थ लुहान्स्क क्षेत्र अब रुसी हातमा छ भन्ने हो। यसैबीच एकजना…