काठमाडौं । बेलायतका प्रधानमन्त्री ऋषि सुनककी पत्नी अक्षता मूर्तिलाई ६१ मिलियन डलरको नोक्सान भएको छ । सोमबार इन्फोसिस लिमिटेडको शेयरमा भारी गिरावट आउँदा उनलाई सो रकम बराबरको नोक्सानी भएको हो । ऋषि सुनक प्रधानमन्त्री बनेपछि अक्षता मूर्तिलाई अहिलेसम्मकै ठूलो घाटा भएको छ । अक्षता मूर्तिसँग उनका बुबा एन नारायण मूर्तिद्वारा सह–स्थापना गरिएको भारतीय सफ्टवेयर कम्पनी इन्फोसिसमा…