सीमामा रुसी सेनाको तैनाथीलाई लिएर नआत्तिन युक्रेनका राष्ट्रपतिको आग्रह

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो मुलुकको सिमामा रुसी सेनाको तैनाथीलाई लिएर नआत्तिन पश्चिमा राष्ट्रहरूलाई आग्रह गरेका छन् । उनले रुसी आक्रमणको चेतावनीले युक्रेनको अर्थतन्त्र जोखिममा पारेको समेत बताएका छन् । युक्रेनको सिमानामा रुसले करिब एक लाख सेना तैनाथ गरेपनि गत वर्षको भन्दा अहिले ठूलो खतरा नदेखेको जेलेन्स्कीको भनाइ छ । उनले युक्रेन वर्षौंदेखि रूसी आक्रमणको…