हप्तामा १० घण्टाभन्दा धेरै भिडियो गेम खेल्दा युवाहरूको आहार र निद्रालाई हानि : अध्ययन

काठमाडौं । हप्तामा १० घण्टाभन्दा धेरै भिडियो गेम खेल्दा युवाहरूको आहार, निद्रा र शरीरको तौलमा उल्लेखनीय असर पर्न सक्ने एउटा नयाँ अध्ययनले देखाएको छ । अस्ट्रेलियाको कर्टिन विश्वविद्यालयको नेतृत्वमा भएको अनुसन्धानले देशभरका ५ वटा विश्वविद्यालयका औसत उमेर २० वर्षका ३ सय १७ जना विद्यार्थीमा सर्वेक्षण गरेको थियो । उनीहरूलाई हप्तामा ५ घण्टासम्म, ५ देखि १०…