पूर्वी अफगानिस्तानका भुकम्प पीडितसम्म अझै राहत पुग्न सकेको छैन । ८ सय भन्दा बढी मानिसको मृत्यु र हजारौं घाइते भएको भूकम्प प्रभावित क्षेत्रमा अझै उद्दारकर्मी पुग्न नसकेका हुन् । पीडितहरूले पहिलो रात खुला आकाशमुनि बिताएका छन । आइतबार मध्यरात करिब पौने १२ मा गएको ६ म्याग्नीच्यूडको भूकम्पका कारण पहाडी क्षेत्रमा रहेका कच्ची घरहरू भत्किएपछि सुतेका…