कम्बोडिया सीमामा झडप बढ्दै गएपछि थाइल्यान्डद्वारा तटीय क्षेत्रमा कर्फ्यू घोषणा

काठमाडौं । कम्बोडिया सीमामा झडप बढ्दै गएपछि थाइल्यान्डले तटीय क्षेत्रमा कर्फ्यू घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देश युद्ध रोक्न सहमत भएको दाबी गरेको दुई दिनपछि कम्बोडियासँगको लडाइँ विवादित सीमा क्षेत्रको तटीय क्षेत्रहरूमा फैलिएपछि थाइल्यान्डले दक्षिणपूर्वी त्राट प्रान्तमा कर्फ्यू घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । गएको मे महिनामा भएको झडपमा…