काठमाडौं । ब्रसेल्समा चलिरहेको युरोपेली संघ (ईयू) का नेताहरूको शिखर सम्मेलनमा युक्रेनलाई सहयोग गर्न जफत गरिएका रूसी सम्पत्ति प्रयोग गर्ने प्रस्तावले गम्भीर मतभेद उत्पन्न गरेको छ । प्रस्तावअनुसार युरोपमा जफत गरिएको झन्डै २ सय १० अर्ब युरो बराबरको रूसी केन्द्रीय बैंकको सम्पत्तिलाई आधार बनाएर युक्रेनलाई आउँदो २ वर्षका लागि ऋण उपलब्ध गराइनेछ । युक्रेनका राष्ट्रपति…