उत्तरी चीनमा चलेको चिसो हावाको लहरले व्यापक तापक्रम गिरावट ल्याएपछि तियानजिनको जिझोउ जिल्लामा अवस्थित विश्वप्रसिद्ध ग्रेट वालमा यस जाडो मौसमको पहिलो हिमपात भएको छ । हिउँले ढाकिएको ग्रेट वालको दृश्य अत्यन्त मनमोहक बनेको छ । जसले पर्यटकहरूलाई जाडोको सुन्दरतामा रम्ने अवसर प्रदान गरेको छ । चीनको मौसम विभागकाअनुसार हालैको चिसो लहरले उत्तरी क्षेत्रमा तापक्रमलाई ह्वात्तै…