चीनमा बाढीका कारण १० को मृत्यु, ३३ जना बेपत्ता

बेइजिङ । उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा आएको बाढीका कारण १० जनाको मृत्यु भएको छ भने ३३ जना बेपत्ता भएका छन् । “गान्सु क्षेत्रमा अगष्ट ७ देखि लगातार भारी वर्षा भइरहेको छ । अचानक बाढी आएको छ । अगष्ट ८ का दिन अपराह्न ३:३० बजेसम्ममा बर्षापछि आएको बाढी र डुबानका कारण १० जनाको मृत्यु भएको छ…