काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घको सबैभन्दा ठूलो सम्मेलन 'कोप–३०' अमेजन जलवायु सम्झौता गर्दै सम्पन्न भएको छ । ब्राजिलको अमेजन नदी किनारको बेलम शहरमा भएको सम्मेलनको सम्झौतामा झन्डै २०० देश सहमत भए पनि जीवाश्म इन्धनको कटौतीबारे नयाँ सङ्कल्प भने भएन । यस पटकको कोपमा जीवाश्म इन्धनको कटौतीबारे नयाँ सङ्कल्प हुने अपेक्षा थियो । यो सम्मेलनमा…